फेसबुक मालिक जुकरवर्ग र नरेन्द्र मोदीबीच यस्तो सम्झौता हुँदै
नयाँ दिल्ली, २८ भदौ-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेसबुकको मुख्यालयको भ्रमणमा जाने भएका छन् । सो जानकारी प्रधानमन्त्री मोदीले नै आफ्नो फेसबुक पेजबाट दिएका हुन् ।यसै महिनाको अन्त्यतिर संयुक्त राज्य अमेरिकाको भ्रमणमा जान लागेका प्रधानमन्त्री मोदी अमेरिकामै रहेको फेसबुकको मुख्यालयमा पुग्ने भएका हुन् ।
प्रधानमन्त्री मोदीले आफ्नो फेसबुक पेजमा भनेका छन्, मलाई फेसबुकको मुख्यालयमा भ्रमणका लागि आमन्त्रण गरेकोमा मार्क जुकरवर्गलाई धन्यवाद दिन चाहन्छु ।
फेसबुकका संस्थापक मार्क जुकरवर्गले प्रधानमन्त्री मोदीलाई सो कार्यालयको भ्रमणका लागि आमन्त्रण गरेको जनाइएको छ । फेसबुक पेजबाटै गरिएको आमन्त्रणलाई प्रधानमन्त्री मोदीले पनि आफ्नो फेसबुक पेजबाटै स्वीकार गरेका हुन् ।
प्रविधिमा अगाडि रहेका र सामाजिक सञ्जालको खुबै प्रयोग गर्ने गरेका प्रधानमन्त्री मोदीले जुकरवर्गको आमन्त्रणको जवाफमा सो जवाफ लेखेको हुन् ।
पाओलो अल्टोमा रहेको सो कार्यालयमा उनलाई फेसबुकका संस्थापक तथा अन्य प्राविधिकहरुसँगको अन्तरक्रियाका लागि आमन्त्रण गरिएको फेसबुकले जनाएको छ ।
त्यसैगरी जुकरबर्गले लेखेको आफ्नो फेसबुक पेजमा भनेका छन्, हामीले यस कार्यालयमा बसेर सामाजिक र आर्थिक चुनौतीहरुलाई समाधान गर्नका लागि समुदायसँग कसरी साथसाथै काम गर्न सकिन्छ भन्ने बारेमा म र भारतीय प्रधानमन्त्रीले छलफल गर्नेछौँ ।
प्रधानमन्त्री मोदी गतवर्षमात्र भारतको प्रधानमन्त्रीमा निर्वाचित भएपछि यो दोस्रो पटक अमेरिकाको भ्रमण गर्न लागेका हुन् ।
प्रधानमन्त्री मोदी यसै महिनाको अन्त्यतिर अमेरिकाको भ्रमणमा जान लागेका हुन् । उनको यस भ्रमणको एजेण्डा उनको आफ्नै नारा स्टार्ट अप इन्डिया (सुरु गरौँ भारत) मा केन्द्रित छ ।
उनले सेप्टेम्बर २८ मा अमेरिकी राष्ट्रपतिसँग राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा भेट्ने कार्यक्रम । क्यालिफोर्नियाबाट फर्किएपछि उनले अमेरिकी राष्ट्रपतिलाई भेट्ने कार्यक्रम रहेको छ । रासस/सिन्ह्वा
kathmandutoday.com


0 comments
Write Down Your Responses