चर्चमा भेटिएको बम प्रहरी चाैकीमा विष्फोट
झापा : झापाको सुरुङ्गा प्रहरी चौकीमा मंगलबार बिहान सकेट बम विष्फोट भएको छ ।

बिहान ७ बजेर ४० मिनेटमा सकेट बम विस्फोट हुँदा प्रहरी सहायक निरीक्षक बेदनाथ यादव तथा जवाद्वय भरत कार्की र जवान केदार पाैडेल घाइते भएका छन् ।

उनीहरुको उपचार बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झपाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक भीम दाहालले जानकारी दिए ।

सुरूङ्गा कनकार्इ नगरपालिका-३ स्थित एक चर्चमा भेटिएको सो बम निष्कृय बनाउन प्रहरीले चौकीमा लिएर गएको थियो ।

बम चौकीमा पुर्याएर प्रहरी सहायक निरीक्षक यादवले निस्क्रिय पार्न खोज्‍दै गर्दा विस्फोट भएको जिल्‍ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घटनापछि इलाका प्रहरी कार्यालयका डिएसपीको टोली सुरूङ्गा प्रहरी चाैकीमा पुगिसकेको छ ।

प्रहरीका अनुसार हिन्दु नेपाल लेखिएको मोर्चाको नामका केही पर्चाहरु पनि चर्चा भेटिएको छ।www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses