करोडौंको बुद्धिस्ट पत्थर लुटेर फरार विदेशी पक्राउ
हेटौंडाः बहुमूल्य बुद्धिष्ट पत्थर लुटेर काठमाडौंबाट फरार ५ जना विदेशी नागरिकलाई प्रहरीले मकवानपुरको भीमफेदीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन जना नेपालीमूलका भारतीय र भुटानी रहेका छन् भने दुई भारतीय नागरिक रहेको प्रहरीले बताएको छ ।

सि माला भनिने प्राचीन बहुमूल्य बुद्धिष्ट पत्थर लुटपाट गरी काठमाडौंको बौद्धबाट फरार ५ जनालाई मकवानपुरको भीमफेदीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना१ज ३५०७ टाटासुमोमा सवार रहेको अवस्थामा शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरु ५ जनालाई शनिबार थप अनुसन्धानका लागि अपराध महाशाखामा पठाइएको प्रहरीले बताएको छ ।

महानगरीय अपराध महाशाखा टेकुले जिप्रका मकवानपुरसँग समन्वय गरेपछि टाटा सुमोमा हेटौंडा आउँदै गरेका ५ जना लुटेरालाई भीमफेदीबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रबक्ता डीएस्पी शिशु शर्माले बताए ।

सि माला पत्थर एउटैलाई अन्तर्राष्ट्रिय बजार १८ हजार डलर भन्दा बढी पर्ने बताइएको छ ।

भुटानको फुन्टसोलिङका ३५ वर्षीय डी दोर्जे लामा, भारतको पश्चिम बंगालको जोगाउँ बस्ने ३२ वर्षीय छिरिङ लामा, पश्चिम बंगालको जलपाइगुढी बस्ने ३० वर्षीय सरोज गुरुङ, ३८ वर्षीय अहिर अली र सिलगुढी प्रधाननगरका ३१ वर्षीय असिद सैबो पक्राउ परेको प्रहरी प्रबक्ता शर्माले बताए ।

उनीहरुको साथबाट २४ थान सि माला बरामद गरिएको प्रवक्ता शर्माले बताए । भीमफेदी ईप्रका प्रमुख प्रहरी निरीक्षक अशोककुमार झाको टोलीले भीमफेदीबाट पक्राउ गरी आवश्यक काठमाडौं पठाइएको प्रवक्ता शर्माले बताए ।

सक्कली पत्थर सि माला एउटैको करोडौं मूल्य पर्ने बुझिएको प्रहरी प्रवक्ता डीएसपी शर्माले बताए । अपराध महाशाखाले नै यस बिषयमा अनुसन्धान गरिरहेको छ ।annapurnapost.com
, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses