जापानमा भिषण बाढी
जोसो सिटी, जापानको राजधानी टोकियोबाट उत्तरतर्फ पर्ने जोसो नगरमा बाढीका कारण जनधनको ठूलो क्षति पु¥याएपछि जापानी प्रधानमन्त्री सिन्जो आबे सो प्रभावित क्षेत्रको भ्रमणमा पुग्नुभएको समाचार छ ।उनी शनिबार बिहान सो क्षेत्रमा पुगेकोराजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । सो बाढीका कारण कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु कयौँ व्यक्ति हराइरहेका छन् ।
उक्त नगरको किनुगावा नदीमा पानीको मात्रा बढ्दै गएपछि सरकारले ठूलो सङ्ख्याका उद्वारकर्मी खटाएको छ । १ दर्जनभन्दा बढी नागरिक अझैपनि हराइरहेको बताइएको छ ।
उक्त नगरका ६५ हजार जना व्यक्ति त्यहाँबट बिस्थापित भएका छन् । उनीहरुलाई अन्यत्रै सारिएको छ भने उक्त क्षेत्रमा बाढीको थप खतरा रहेको भन्दै सतर्कता अपनाइएको छ ।
बाढीका कारण उक्त नगरमा पूर्ण रुपमा क्षति पुगेको छ भने अरु पनि कयौँ संरचनाहरु ध्वस्त भएका छन् । उक्त नगरको पुनर्निर्माणको आवश्यकता रहेको स्थानीयहरुले जनाएका छन् ।
उनीहरुले आफूहरुले जीवनमा यस्तो विपत्ती कहिल्यै पनि नदेखेको जनाएका छन् । यस्तो बाढी सो क्षेत्रमा यसअघि कहिल्यै पनि नआएको उनीहरुको अनुभव छ ।
शुक्रबारबाट भने सो क्षेत्रमा पानीको मात्रा घट्दै गएको समाचारमा जनाइएको छ ।
टोकियोमा भूकम्प
यसैबीच अर्को एक समाचारअनुसार जापानको राजधानी टोकियोमा एउटा सानो भूकम्पको धक्का महसुश भएको समाचार छ । शनिबार बिहान टोकियोमा ५।४ रेक्टर स्केलको भूकम्प आएको हो । तर भूकम्पबाट त्यस्तो कुनै क्षति पुगेको विवरण तत्कालका लागि नआएको टोकियो अग्नि नियन्त्रण विभागका एकजना अधिकारीले जनाएका छन् ।
उनका अनुसार सो भूकम्पबाट ११ जना घाइते भएका प्रारम्भिक एक सूचनामा जनाइएको छ । भूकम्पको धक्काले टोकियोका घरहरु निकै हल्लाएको स्थानीय नागरिकले जनाएका छन् ।
www.ratopati.com


0 comments
Write Down Your Responses