युथ फर युथको दोश्रो साधारण सभा सम्पन्न, अध्यक्षमा पौडेल
। युथ फर युथ (युवाका लागि युवा) जापानको दोश्रो साधारण सभा नयाँ नेतृत्व चयन तथा विभिन्न उपसमिती गर्दै सम्पन्न गरिएको छ । सभाले पुन: बाबुराम पौडेलको नेतृत्वमा २१ सदस्यीय कार्यसमितिमा चयन गर्दै सम्पन्न गरिएको हो ।कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा गोकुल दोर्जे तामाङ र पदम ठगुन्ना, महासचिबमा तेजेन्द्र पौडेल, सचिबमा गंगा बहादुर आले मगर, सचिबमा दिपकराज पुन र कोषाध्यक्षमा मनोज राई रहेका छन् ।
त्यस्तै गरी सदस्यहरुमा सुरेश घिमिरे, दिपा घिमिरे, प्रज्वल गुभाजु, माया लामा, शुलोचना मानन्धर, राजु गौतम, लालमणी बस्नेत, नम्रता श्रेष्ठ, प्रदिप ढकाल, बिकास थापा, दिनेश मल्ल र शुसिल तमु रहेका छन् ।
पौडेलको सभापतित्वमा सुरु गरिएको साधारण सभाका प्रमुख अतिथि डा भूपालमान श्रेष्ठ, अतिथिहरु अर्घाखाँची समाज जापानका अध्यक्ष ज्योतिस घर्ती मगर, त्रिभुवन विश्व विद्यालयका प्राध्यापक खिलनाथ सापकोटा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संचालन तेजेन्द्र पौडेलले गरेका थिए भने स्वागत मन्तव्य गोकुल तामाङ्ले गरेका थिए । सस्थाको आर्थिक प्रतिवेदन मनोज राईले प्रस्तुत गरेका थिए ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses