कांग्रेसले राष्ट्रपतिमा समर्थन जुटाउन राजनीतिक पहल गर्ने, नाम पछि चयन गर्ने - S
काठमाडौं, ७ कात्तिक । राष्ट्रपति र पराष्ट्रपति निर्वाचनमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसले उम्मेदवारी दिने निर्णय गर्दै त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय गरेको छ ।महाराजगञ्जस्ति सभापति सुशील कोइराला निवासमा आज बिहान बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको हो ।
बैठकपछि पत्रकारसँग संक्षित कुरा गर्दै वरिष्ठ नेता शेरबहादुर देउवाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने बताउनुभयो ।
‘कांग्रेसले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारी दिन्छ’, उहाँले भन्नुभयो, ‘आफ्नो उम्मेदवारलाई विजयी बनाउने संसदमा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग वार्ता र सम्वाद गर्ने निर्णय भएको छ ।’
कांग्रेसले आजैदेखि राष्ट्रपतिमा आफूलाई समर्थन जुटाउन राजनीतिक परामर्श थालेको छ । राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय गरेको कांग्रेसले कसलाई अगाडि सार्ने भन्ने विषयमा केही भनेको छैन ।
यद्यपि कांग्रेसले डा.रामवरण यादवलाई नै निरन्तरता दिने वा केवी गुरुङ, रामनारायण चौधरी, मानबहादुर विश्वकर्मा, चित्रलेखा यादवलगायतको नामलाई चर्चामा ल्याएको छ ।
dainiknepal.com


0 comments
Write Down Your Responses