पर्साको शंकरसरैयामा जंगली हात्तीको उपद्रो
वीरगन्ज : पर्साको शंकरसरैया गाविसमा बिहीबार राति जंगली हात्तीले रातभर उपद्रो मच्चाएको छ ।
पर्सा वन्यजन्तु आरक्षको जंगलबाट राति ८ बजे करिब दुइ दर्जनको संख्यामा गाउँमा छिरेको जंगली हात्तीको बथानले शंकरसरैया गाविस–४ र ५ मा रातभर उपद्रो मच्चाएको हो ।
जंगली हात्तीले स्थानीय किसानहरुले लगाएको करिब दुई बिघाको धानबाली खाएर तथा माडेर नष्ट पारिदिएको छ ।
जंगली हात्तीको बथानले स्थानीय शंकर पासवानको ८ कठ्ठा, शिव महतो नुनियाको ९ कठ्ठा, टिमल महतो कम्कडको १० कठ्ठा र भगवती चौधरीको ७ कठ्ठामा लगाइएको धानबाली नस्ट पारेको हो ।
जंगली हात्तीले शंकरसरैयामै रहेको सुकिभारमाई मन्दिर र इलाका बन कार्यालयमा समेत क्षति पु¥याएको सहायक वन अधकृत फरमान मियाले जानकारी दिए ।
रातभर गाँउमा उपद्रो मच्चाएको जंगली हात्तीको बथानलाई स्थानीयवासीले राँको बालेर तथा टिन ठटाएर जंगलतर्फ धपाएको स्थानीय महेन्द्र पासवानले जानकारी दिए ।
annapurnapost.com


0 comments
Write Down Your Responses