पेट दुखाईबाट छुटकारा पाउन यस्ता सजिला उपाय…
पेटको समस्याबाट धेरै मानिस हैरान हुने गर्छन् । पाचन प्रणालीमा हुने समस्या, वायु विकार, कब्जियत, झाडापखालाले गर्दा धेरै मानिसले समस्या भोग्नु परिरहेको नै हुन्छ । उचित समयमा तथा स्वास्थ्यवर्धक खानपान नहुँदा पेटको समस्याले निकै सताउने गर्छ । अझ पाचन प्रणालीलाई नै असर पार्न सक्ने अस्वस्थकर खानाले त झन् ठूलो समस्या निम्त्याउन सक्छ ।पाचन प्रक्रियाले नै राम्रोसँग काम गर्न नसकेको अवस्थामा पेटसम्बन्धी धेरै रोगहरूले सताउने गर्छ । त्यसका लागी पाचन प्रणालीलाई स्वस्थ राख्नु र स्वस्थकर खाना खानु निकै आवश्यक हुन्छ । यस्तै, पेटको दुखाई कम गर्नका लागि घरेलु उपचारले पनि केही हदसम्म काम गर्छ । कुनै कुनै अवस्थामा घरेलु उपचारबाटै तपाईको दुखाई सञ्चो हुन सक्छ ।
थाहा पाऔ केही घरेलु उपचार जसले तपाईको पेट दुखाईलाई कम गर्न मद्धत गर्छ…
– दिनमा एउटा स्याऊ खानु स्वास्थ्यको लागी निकै फाइदा जनक मानिन्छ । यस्तोमा दैनिक रूपमा एउटा केरा खानुले पनि पेटको रोगलाई निकै म गर्न मद्धत गर्छ । केरामा हुने इलेक्ट्रोलाइट्स र पोटासियमको मात्रा हुन्छ जसले झाडापखालको समयमा कमी हुने पोटासियम र इलेक्ट्रोलाइट्सको मात्रालाई पूर्ती गर्छ । यस्तै केरामा फाइबर पनि हुन्छ जसले पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ ।
– ब्राउन राइसको प्रयोगले पनि पाचन प्रणालीलाइ निकै फाइदा पुर्याउने गर्छ । ब्राउन राइसमा अधिक मात्रामा फाइबर पाइन्छ जसले गर्दा पाचन प्रणालीलाई फाइदा पुर्याउँछ । यसमा हुने फाइबरले कोलस्टेरोलको मात्रामा कमी ल्याउँछ । तर, राम्रोसँग चपाइएन भने त्यसले पेटमा वायुको समस्या पनि ल्याउन सक्छ ।


0 comments
Write Down Your Responses