आईएसको आक्रमणमा ११ को मृत्यु
रमादी : इराकको पश्चिमी प्रान्त अन्बारमा आईएस लडाकूले गरेको दुईवटा आत्मघाती आक्रमणमा परी मङ्गलबार ११ जनाको मृत्यु भएको छ ।प्रान्तीय सुरक्षा स्रोतले सो जानकारी दिएको छ । इराकी सैनिकको एक शिविरलाई लक्ष्यगरी दुईवटा आत्मघाती भीषण आक्रमण भएको जनाइएको छ ।
इराकको राजधानी बग्दाददेखि ५० किलोमिटर पश्चिममा पर्ने फालुजाह सहरमा भएको आक्रमणममा केही सैनिक र अन्य विद्रोहीहरू मारिएका जनाइएको छ ।
भीषण विस्फोटन र आईएस लडाकू र सुरक्षाबलबीचको झडपको कारण अज्ञात सङ्ख्यामा आईएस लडाकू मारिनुको साथै घाइते भएका सो स्रोतले जानकारी दिएको छ ।
यस आक्रमणमा मारिएका लडाकूको सङ्ख्या धेरै रहेको बताइएको छ । तर सैनिक भने के कतिको हताहति भयो भन्ने बारेमा केही बताइएको छैन । एजेन्सी
annapurnapost.com
0 comments
Write Down Your Responses