'नाकाबन्दी उच्चतहको वार्ताबाट खुल्छ'
ओलीको नेतृत्वमा समस्या सुल्झने विश्वास
तनहुँ : भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीले केपी शर्मा ओलीको नेतृत्वमा नेपाल र भारतबीच देखिएको समस्याको समाधान निस्कने विश्वास व्यक्त गरेका छन् ।

नाकाबन्दीका कारण नेपाल–भारत सम्बन्ध चिसो भएको प्रसंगमा अन्नपूर्णको जिज्ञासाको जवाफ ईमेलमार्फत फर्काउँदै जोलीले नेपालमै र दुई देशको सम्बन्धमा आएको समस्याको समाधान निस्कने अपेक्षा गरे ।
भारतले घोषित वा अघोषित कुनै पनि हिसाबले नाकाबन्दी नगरेको जिकिर गरेका नेता जोलीले घुमाउरो भाषामा नाकाबन्दीको समस्या उच्चतहको वार्ताले समाधान गर्ने विश्वास व्यक्त गरेका छन् ।

उनले नेपाली भूमिमा भएको नाका छेक्ने आन्दोलनका कारण उत्पन्न असुरक्षाले गर्दा इन्धन र तरकारीसहितका उपभोग्य वस्तुका ट्रक नेपाल पस्न नसकेको भारतीय संस्थापन पक्षको अडान दोहोर्याए ।
‘नेपालभित्रको समस्या भएकाले सम्बद्ध सबै पक्षसँग वार्ता गरेर समाधान निकाल्नु पर्छ’, उनले भनेका छन्, ‘नेपालमा रहेका भारतविरोधी शक्तिहरुले दुई देशबीचको सम्बन्धमा खलल ल्याउने अवस्था श्रृजना गरिरहेका छन् ।’

भारतमा ६५ लाख भन्दा बढी नेपाली भारतीय समाजसँग निकट भएर रहेको प्रसंग कोट्याउँदै उनले आफुहरु नेपालको शान्ति र स्थायित्वका लागि सधैं सघाउन तत्पर रहेको बताए ।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses