मुलुकको आवश्यकता आर्थिक विकास :उद्योगमन्त्री पाण्डे
काठमाडौँ। उद्योगमन्त्री सोमप्रसाद पाण्डे मुलुकको अबको आवश्यकता भनेको आर्थिक विकास भएको बताएका छन् ।नवनियुक्त मन्त्रीले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन औद्योगिक क्रान्तिको खाँचो रहेको औँल्याउँदै उद्योग क्षेत्रलाई आवश्यक पर्ने नीति निर्माण गर्ने बताएका छन् ।
उनले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन उद्योग क्षेत्रलाई विकास विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकको अग्रगमनका लागि सहयोग पुर्याउने बताए ।
मन्त्री पाण्डेले संविधानसभाबाट संविधान निर्माण भएकाले अब आर्थिक क्रान्तिको बाटोमा लैजान आवश्यक रहेको बताएका हुन् ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses