घरसँगै जलेर टिजनकान्छाको मृृत्यु

गोरखा : बिहानै उठेर चुल्हो सल्काउन खोज्दा फैलिएको आगो शरिरमा सल्केर जल्दा गोरखामा एक वृद्धको ज्यान गएको छ ।

गोरखाको गुम्दा गाविस–९ निवासी ७८ वर्षीय टिजनकान्छा गुरुङको बिहीबार बिहान जलेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार चुल्होबाट फैलिएको आगोले उनको घर पनि जलेर ध्वस्त भएको छ ।


बिहानै घरमा सल्किएको आगो निभाउने स्थानीयबासीको प्रयास असफल भयो । गाउँलेले वृद्धलाई पनि बचाउन सकेनन् ।

annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses