यु-१९ विश्व छनाैट फाइनल : फेरि नेपाललाइ अायरल्यान्डकाे १८५ रनको चुनौती
काठमाडौं—आइसीसी यु—१९ विश्वकप छनौट प्रतियोगिताको फाइनलमा बिहीबार आयरल्यान्डले नेपाललाई १८५ रनको चुनौती दिएको छ। मलेसियाको किनरारा एकेडेमी ओभलमा टस जितेर ब्याटिङ रोजेको आयरल्यान्डले ४७.४ ओभरमा अल आउट हुँदै १८४ रन बनायो।

नेपालको कसिलो बलिङ सामु आयरल्यान्डका खेलाडीले खुलेर ब्याट घुमाउन सकेनन्। फूल स्पेल १० ओभर बलिङ गरेका ललित नारायाण राजवंशीले १ मेडन राख्न राख्दै मात्र ३६ रन दिएर ४ विकेट लिए। आरिफ शेखले ३ विकेट लिए भने दीपेन्द्र सिंह ऐरीको पोल्टामा दुई विकेट प¥यो।

आयरल्यान्डका लागि आक्रमक ब्याटिङ गरिरहेका गेरी म्याक्लिन्टक ४५ रनको अवस्थामा दीपेन्द्रको बलमा बोल्ड भएपछि नेपालले आयरल्यान्डमाथि दवाब बढाएको थियो। आयरल्यान्डका अर्का खतरनाक ब्याट्सम्यान एन्ड्र्यु अस्टिन ललितको बलमा प्रेम तामाङबाट क्याच भएका थिए। उनले ४४ रन बनाउन सके।

यु—१९ विश्वकप प्रतियोगिता अन्तर्गत राउन्ड रोबिनको अन्तिम खेलमा बुधबार नेपालले आयरल्यान्डमाथि ८ विकेटको विजय हासिल गरेको थियो। बुधबार नेपालले जित्दा पनि आयरल्यान्डले १८५ रनकै लक्ष्य आयरल्यान्डले दिएको थियो। ओपनर सुनिल धमाला र सन्दीप सुनाले १७० रनको साझेदारी गरेपछि नेपालले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेको थियो।
nagariknews.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses