सुदूरपश्चिमबाट यात्रुबसमा पेट्रोल र ग्यास ढुवानी


धनगढी :सुदूरपश्चिमबाट राजधानीसहित पुर्वी रुटमा चल्ने सार्वजनिक सवारी साधनमा पेट्रोल र ग्यासको ढुवानी बढेको छ ।

पश्चिममा पेट्रोल र ग्यासको ठूलो अभाव नरहेका बेला बसमा ढुवानी बढेको हो । काठमाडौंसम्म बसका कर्मचारीहरुले १० लिटर पेट्रोलको पाँच सय र एक सिलेन्डर ग्यासको एक हजार भाडामा ढुवानी गरिहेका छन ।


धनगढी र महेन्द्रनगरबाट राजधानीसहित पुर्वी रुटमा चल्ने यात्रुबाहक बसहरुमा यात्रु भन्दा पनि पेट्रोलियम पदार्थ र ग्यासको ढुवानी बढेको धनगढी तारानगरका कुलानन्द उपाध्यायले बताए ।

उनले बसको छत र ग्यालरीमा डिजेल पेट्रोलका ग्यालेन र ग्यासका सिलेन्डर मात्रै देख्न सकिने बताए । राजधानीमा पेट्रोलकै लिटरको तीन सय भन्दा बढीमा कालाबजारी हुन थालेपछि पश्चिमबाट यसरी ढुवानी बढेको हो ।

जिल्ला प्रशासन कार्यालयले मोटरसाइकलमा बढीमा पाँच सयको पेट्रोल वितरण गर्न थालेपछि, धेरै पेट्रोल पम्प सञ्चालकलले पनि राती राती ग्यालेनमा भरेर महंगोमा विक्रि गरिरहेका खबरहरु प्राप्त भएका छन । तर जिल्ला अनुगमन समितिले, यसको अनुगमन नगर्दा कालाबजारी झन मौलाएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा रहने बजार अनुगमन समितिले बजारका पेट्रोल पम्प सञ्चालकहरुले महंगोमा विक्रि गर्न र आफन्तलाई मात्रै बाँडन ईन्धन लुकाउने गरेको धनगढीका देबीलाल शर्माले बताए ।

नेपाल आयल निगमले पनि सुदूरपश्चिममा पेट्रोलको दैनिक आपूर्ति नाकाबन्दी भन्दा पहिलेकै हाराहारीमा भइरहेपनि अभावबारे अनुगमन समितिले पत्ता लगाउनुपर्ने जनाएको छ ।

‘बजारमा अभाव देखिएको छ भने पक्कै पनि तेल बाहिर सप्लाई भईरहेको छ, यो रोक्ने र नियन्त्रण गर्ने काम अनुगमन समितिको हो’ नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीका प्रमु शरद पौडेलले भने ।

सार्वजनिक सवारी साधनमा पेट्रोल र ग्यास ढुवानी भएकै कारण बाँकेमा ९ जनाको ज्यान जाने गरी भएको ठूलो दुर्घटनापछि पनि सुदूरपश्चिमबाट चल्ने बसहरुमा कडाइ भएको छैन ।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses