राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय
काठमाडौँ : नेपाली कांग्रेसको पदाधिकारी बैठकले राष्ट्रपति र उपराष्ट्रपतिमा उम्मेदवारी दिने प्रस्ताव केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।
पार्टी सभापति सुशील कोइरालाको निवासमा शनिबार बिहान बसेको बैठकले संसद्मा प्रतिनिधित्व गरेका सबै राजनीतिक दलसँग सघन परामर्श गर्दै दुवै पदमा पार्टीका उम्मेदवारलाई विजयी गराउन अन्य दलसँग छलफल थाल्ने निर्णय गरेको हो ।
कांग्रेसले पार्टीका उम्मेदवारलार्इ जिताउने रणनीतिका साथ उम्मेदवारी प्रस्ताव आज अपराह्न बस्ने केन्द्रीय कार्यसमितिमा प्रस्तुत गरिने पार्टी उपसभापति रामचन्द्र पौडेलले बताए । केन्द्रीय कार्य समितिले उम्मेदवारी र उम्मेदवारबारे निर्णय गर्नेछ ।
यसैबीच पार्टीका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले सभामुख र उपसभामुख निर्वाचनमा नेपाली काँग्रेसले सहमतीय प्रक्रियामा जोड दिँदै त्यसनिम्ति वातावरण तयार गरेकाले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन पनि सहमतिमा नै हुनुपर्ने निष्कर्षमा पार्टी रहेको बताए । रासस
अन्नपूर्ण पोस्ट्को मा जोडिनुस् । मोबाइलका लागि
www.annapurnapost.com


0 comments
Write Down Your Responses