बिहारको चुनावमा नरेन्द्र मोदीको होस उड्यो
काठमाडौँ २५ असोज । बिहार विधानसभाको चुनावमा एकातिर लालु यादव, नीतीश कुमार र कंग्रेस छन्, अर्कातिर भारतीय जनता पार्टी, रामविलाश पासवान र जितनराम माझी छन् । भारतकै पिछडिएको राज्यमध्ये पर्ने बिहारमा चरम गरिबीका कारण जातीयताको राजनीतिको बोलवाला छ । बिहारमा पिछडिएका जातिको बहुमत छ, तर राज्यको संसाधन, राजनीति र अर्थव्यवस्थामा माथिल्लो जातिको एकाधिकार रहेको छ ।

बिहारको सामन्ती व्यवस्थालाई पहिलोपटक लालुप्रसाद यादवले राजनीतिकस्तरमा चुनौती दिएका थिए । उनले मुख्यमन्त्रीका रुपमा सामाजिक परिवर्तनको एउटा नयाँ राजनीतिको सुरुवात गरे र आवाजविहिनलाई आवाज दिए । आन्दोलनबाट उदाएका नीतीश कुमारले अत्यन्त गरिबलाई माथि मात्र ल्याएनन् उनीहलाई विभिन्न संस्थामा स्थापित पनि गरे । लालु र नीतीशकुमार यो समय एकै मञ्चमा छन् । अर्कातिर प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार चुनावमा जित्न पूरै बल प्रयोग गरेका छन् ।

भारतीय इतिहासमा प्रान्तीय चुनावको प्रचारमा प्रधानमन्त्रीले ४० पटकभन्दा बढी सम्बोधन गरेको यो पहिलो अवसर हो । मोदीले बिहार चुनावलाई आफ्नै प्रतिस्पर्धा बनाइदिएका छन् । आखिर बिहार चुनाव मोदीका लागि यति धेरै महत्वपूर्ण किन भयो ? बिहार चुनाव खासमा मोदीको होइन, लालु र नीतीशका लागि अस्तित्वको लडाइ बनेको छ ।

यो चुनावमा लालु र नीतीशको महागठबन्धनले हार्‍यो भने उनीहरुको सामाजिक परिवर्तन आन्दोलनलाई ठूलो झड्का लाग्नेछ । यदि बिहारमा भाजपाले हार बेहोर्‍यो भने पार्टीभित्र मोदीविरुद्ध विद्रोह सुरु हुन सक्छ । उनीहरु निजीकरण प्रक्रियाबाट पार्टीका धेरै नेता दुःखी छन् । बिहार चुनावको परिणामले लालु र नीतीशको राजनीतिक भाग्यको मात्र फैसला गर्दैन, यसले भारतको भावी राजनीतिको दिशा पनि तय गर्नेछ ।आजको नयाँ पत्रिकामा खबर छ ।

www.etajakhabar.comf
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses