अचानक अध्यक्ष दाहालको चीन भ्रमण रद्द
काठमाडौं, २५ असोज । सत्तारुढ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ ।मुलुकको परिवर्तित राजनीतिक परिस्थितिका कारण दाहालले चीन भ्रमण रद्द गरेको एमाओवादीले जनाएको छ ।
दाहालको साटो उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन जाने स्रोतको भनाइ छ । एशियाली राजनीतिक पार्टीहरूको सम्मेलनमा दाहाल चीन जाने कार्यक्रम थियो ।
एमाओवादीले चीन कसलाई पठाउने भन्ने विषयमा अन्तिम निर्णय गरिसकेको छैन । अध्यक्ष दाहाल असोज २८ गते चीन जाने कार्यक्रम तय भएको थियो ।
dainiknepal.com


0 comments
Write Down Your Responses