परेवा चोरेको आरोपमा दलित युवकको हत्या




एजेन्सी : भारतको फरिदाबादमा परेवा चोरेको आरोपमा एक दलित युवकको हत्या भएको छ ।

परेवा चोरेको आरोपमा ती दलित युवाको हत्या गरिएपछि हरियाणाको सोनिपत र फरिदाबादमा हिंसा मच्चिएको छ ।


हरियाणास्थित फरिदावादको सोनिपतमा परेवा चोरीको आरोपमा पक्राउ युवाको प्रहरी हिरासतमा ज्यान गएपछि त्यहाँ हंगामा भएको हो ।

प्रहरीले हिरासतमा लिएका ती युवाको शरीरभरी चोट लागेको पाइएपछि उनलार्इ यातना दिइ हत्या गरिएको भन्दै आफन्तहरुले आन्दोलन थालेका हुन् ।


फरिदावादको सोनिपतमा यो घटनाले केही दिनयता तनाव बढाएको छ । मृतकका आफन्तहरुले प्रहरी चौकी र सुरक्षामा खटिएका प्रहरीमाथि ढुंगामुढा बर्साएका छन् ।

केही महिलाले पुलिसकर्मीमाथि लाठी पनि बर्साएका छन् । त्यसपछि पुलिसले अवस्थालार्इ नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । त्यस इलाका सयौंको संख्यामा प्रहरी परिचालित गरिएको छ ।

पुलिसका अनुसार ती युवकको शव उनको घरमै भेटिएको थियो । तर पुलिसको भनाइको कडा प्रतिवाद गर्दै युवकका परिवारले प्रहरी हिरासतमै उनको मृत्यु भएको दाबी गरेका छन् ।

ती दलित युवामाथि परेवा चोरीको आरोप अर्को जातिका मानिसले लगाएका थिए । अहिले दुबै जातिका मानिस एकअर्काविरुद्ध उत्रेका छन् ।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses