मुस्लिम परिवारले गार्इको जन्मदिन धुमधामसँग मनायो

एजेन्सी : उत्तरप्रदेशको मेरठस्थित हापुण शहरको सिकन्दर गेटमा बस्दै आएको एक मुस्लिम परिवारले आफ्नो गाई 'जुली' को जन्मदिन धूमधामसँग मनाएको छ ।

गाईको जन्मदिन मनाउने क्रममा मुस्लिम परिवारले १० किलोको केक बनाएर गाईलार्इ बर्थ डे क्याप पनि लगाइदिएको छ ।


भारतमा एकातर्फ गार्इको मासुलार्इ लिएर साम्प्रदायिक उन्माद फैलिरहेको छ । अर्कातिर उत्तर प्रदेशकै दादरीमा युवक अखलाकलार्इ घरमा गार्इको मासु राखेको अफबाहकै भरमा भींडले केही दिनअघि कुटीकुटी ज्यान लिएको थियो ।

 यस्तो अवस्थामा मुस्लिम परिवारले गार्इलार्इ लिएर बढिरहेको साम्प्रदायिक हिंसा गर्नेहरुलार्इ गतिलो जबाफ दिएको छ ।

केमिकल वेस्ट म्यानेजमेन्ट कम्पनीमा काम गरिरहेका इरशादका परिवारमा ४० वर्षदेखि गाई पालिँदै आएको छ । इरशादका पिता हाजी अब्दुल गनी आफ्नो गाईलाई धेरै माया गर्छन् ।

उनले सन् २००८ मा आफ्नो घरमा जन्मेको गाईको नामकरण र उनको जन्मदिन मनाउने परम्परा गरेका थिए । यसै वर्ष २९ जुलाईमा हाजी अब्दुल गनीको निधन भयो ।

'जूली र उसकी आमा भोली हाम्रा परिवारका सदस्य हुन् । हामी उनीहरुलार्इ आफ्ना छोराछोरीलार्इ जस्तै स्याहार गर्छौं', आफ्नो गाईको बारेमा इरशाद भन्छन्, 'जुलीको यो पहिलो जन्म दिन भएकाले हामीले भब्यताका साथ मनाएका हौं । करिब एक सय पाहुना बोलाएर जुलीको जन्मदिन मनायौं ।'

इरशाद अगाडि भन्छन्, 'हामीले १० किलोको इगलेस बनिला केक अर्डर गर्यौं र त्यसमाथि गार्इको जस्तै आकार भएको क्यान्डल लगायौं । सबै पाहुनाले जुलीलार्इ मनपर्ने खानेकुरा उपहार लिएर आएका थिए ।

आफ्नो गाईको जन्मदिन मनाउने क्रममा यो परिवारले नेपाली ६४ हजार रुपैयाँ खर्च गरेको थियो ।
www.annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses