मधेसी मोर्चामा विवादपछि यस्तो निर्णय आउँदै, राजेन्द्र महतो कहाँ गए ?
मंगलबार, २६ असोजकाठमाडौं । नयाँ संविधानको प्रावधानअनुसार प्रधानमन्त्री निर्वाचनमा सहभागी भएपछि मधेसी मोर्चामा तिव्र विवाद देखिइरहेका बेला आन्दोलन खुकुलो बनाउने तयारी सुरु भएको छ ।
हिन्दूहरुको महान् पर्व बडादशैं दीपावली र छठ पर्वको समयमा आन्दोलन खुकुलो बनाउने विषयमा मोर्चामा छलफल चलिरहेको र दिउँसा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको बुझिएको छ ।
मोर्चाको बैठकमा राजेन्द्र महतो भने सहभागी छैनन् । उनी मोर्चाको पछिल्ला निर्णयहरुप्रति असन्तुष्ट रहेको बताइएको छ ।
दशैको समयमा बजार, यातायात, वित्तीय संस्थाहरु खुला गर्ने तथा राजश्व कार्यलयहरुमा भने अवरोध गर्ने मोर्चाको तयारी रहेको बुझिएको छ ।
नयाँ संविधानको विरोधमा रहेका मधेसकेन्द्रीत दलहरुले सीमा नाकाहरुमा अवरोध गर्दै आएका छन् । तर, प्रधानमन्त्रीको निर्वाचनमा सहभागी भएपछि उनीहरुको विरोध र आन्दोलनको औचित्य सकिएको विश्लेषण गर्न थालिएको छ ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses