इन्धन बाेकेका अठासी वटा गाडी नेपाल भित्रिए
पटकमंगलबार, २६ असोजविराटनगर । भारतबाट विराटनगर भन्सार कार्यालयको परिसरमा आज अपराह्नसम्ममा ८८ वटा इन्धनका गाडी भित्रिएका छन् ।
भन्सार परिसरमा भित्रिएका गाडीमा १२ वटा पेट्रोल, ६१ वटा डिजेल र १५ ग्यास बुलेट गरी ८८ वटा इन्धनका गाडी रहेको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले जानकारी गराए ।
भारतबाट गाडीहरु आउने क्रम जारी रहेकाले राति ९ बजेसम्म भित्रिने गाडीहरुको सङ्ख्यामा बढोत्तरी हुने कार्यालय प्रमुख बस्नेतले बताए । रासस
www.nepalsandesh.com


0 comments
Write Down Your Responses