जुवाको खालबाट दुई महिलासहित नौ पक्राउ
नुवाकोट: नुवाकोटको विदुरमा जुवाको खालबाट दुई महिलासहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । विदुर नगरपालिका वडा नं. ३ स्थित एक घरमा जुवा खोलाइरहेको अवस्थामा शुक्रवार राती प्रहरीले ५७ हजार ४ सय १० रुपैयाँ नगदसहित नौ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक सिद्धिबिक्रम शाहले जानकारी दिए ।
स्थानीय सिर्जना श्रेष्ठको डेरामा जुवा खेलिरहेको अवस्थामा प्रहरी निरिक्षक राजाराम खड्काको नेतृत्वमा गएको प्रहरी टोलीले श्रेष्ठसहित नौ जनालाई नगदसहित पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
पक्राउ गरेकाहरुमा विदुर नगरपालिका वडा नं. ३ की ३९ वर्षिया सिर्जना श्रेष्ठ, सोही स्थानकी २० वर्षिया सविना केसी, १९ वर्षिय आशिष तामाङ, ५३ वर्षिय रामकृष्ण गिरी, २२ वर्षिय राजकुमार खड्का, ३२ वर्षिय प्रकाश पण्डित, २९ वर्षिय दिलीप थापा, ५३ वर्षिय गोविन्द पौडेल र ४१ वर्षिय सुक्रमान श्रेष्ठ रहेका छन् ।
प्रहरीले एकै पटक यति ठुलो नगदसहित धेरै जना पक्राउ गरेको यो पहिलो घटना हो । उनिहरुलाई कारबाहीको लागि आवश्यक प्रक्रिया सुरु गरिसकेको प्रहरीले जनाएको छ ।
annapurnapost.com


0 comments
Write Down Your Responses