भारतीय जाली नोटसहित दुई समातिए

: पर्सा प्रहरीले भारतीय नक्कली नोटसहित दुईजनालाई पक्राउ गरेको छ ।

नक्कली नोटको कारोबारीहरुले भारतीय नक्कली नोट बोकेर भारततर्फ जाँदै गरेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगन्जको घण्टाघरबाट भारत जाँदै गरेको ना १६ प २१८३ नम्बरको मोटरसाइकलसहित पर्सा जानकीटोला–३ का छठु बैठालाई पक्राउ गरेको हो ।

उनको साथबाट एक हजारको एकसय थान भारतीय नक्कली नोट, पाँच सयको भारतीय सक्कली नोट ३ थान, एक हजार नेपाली नोट १९ थान र ५ सयको १२ थान नेपाली नोट बरामद गरेको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।


नक्कली नोटसहित पक्राउ परेका बैठालाई सोधपुछ गर्दा वीरगन्ज–१० बस्ने श्रीदेव गिरीले उनलाई पठाएको बयानको आधारमा नक्कली नोटको कारोबारमा संलग्न रहेको आशंकामा गिरीलाई पनि पक्राउ गरिएको प्रउ श्रेष्ठले बताए ।

पक्राउ दुबैलाई खोटाचलन मुद्दामा थप अनुसन्धानको लागि हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses