दुहबीमा प्रदर्शनकारी र बिच झडप, प्रहरीले गोली चलाउँदा हुँदा ८ जना घाइते
सुनसरी  – गए राती मधेसी मोर्चाका कार्यकर्ताहरुले सवारी स्कटीङ्गलाई अवरोध गराएपछि प्रदर्शनकारी र प्रहरी बिच राती पटक पटक झडप हुँदा सुनसरीको दुहबीमा गोली चलेको छ ।

करिब ४ सयको संख्यामा रहेका  बिराटनगरबाट काठमाडौका लागी छुटेका सबारी साधनहरुलाई स्कटीङ्ग गर्दा मोर्चाका कार्यकर्ताहरुले सडक अवारोध गरेका थिए ।

सडक अवारोध गर्ने क्रममा प्रदर्शनकारीलाई हटाउन प्रहरीले गोली चलाउदा ६ जना कार्यकर्ता र दुई जना बटुवा घाइते भएका छन । स्कटीङ्गका सवारीसाधनमाथि तोडफोड भएपछि गोली चलाएको प्रहरीले जनाएको छ ।
गोली र छर्रा लागेर पुनम परियार, राहुल रौनियार, दिनेश रौनियार, अनिल साह र इस्राव मिया घाइते भएका छन । साथै नाम नखुलेका दुई जना बटुवा समेत घाइते भएका छन । उनिहरु सबैको छाती, खुट्टा र टाउकोमा चोट लागेको छ । सबैको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । प्रर्दशनकारीलाई सडकबाट हटाउन जनपद र सशस्त्र प्रहरीको ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रर्दशनकारी अराजक भएपछि मात्र प्रहरीले हवाई फायर र छर्रा प्रहार गरेको प्रहरीको भनाई छ ।

स्कटीङ्गबाट प्रहरीले ५४ वाट पेट्रोलियम पर्दाथ बोकेका सवारी साधन तथा १२ वटा रात्री बस र १७ वटा मालवहाक ट्रंक काठमाडौ पठाइएको छ ।

www.ratopati.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses