सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम समापन
सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले सशस्त्र प्रहरी बल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. १० सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिमको कात्तिक २ गते समापन गर्नुभयो ।
सोही तालिम महाविद्यालयमा राष्ट्रिय अनुसन्धान विभागका अधिकृत तथा सहायकहरुका लागि संचालित तालिम समेत सम्पन्न भएको छ । संयुक्त रुपमा आयोजित तालिमको समापन कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक वन्तले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक वन्तले त्यसअवसरमा सुरक्षा चुनौतीहरुको आंकलन गरी त्यसलाई सामना गर्न सक्ने कार्य योजनाका साथ कार्यक्षेत्रमा परिचालित भई प्रचलित कानुन, मानवअधिकार र तत्कालिन परिस्थितिलाई ध्यानमा राखेर प्राप्त जिम्मेवारीलाई प्रभावकारी एवं व्यावसायीक कार्यकुशलताका साथ पुरा गर्न निर्देशन दिनुभयो ।
उहाँले राज्यले सुम्पेको जिम्मेवारी, संगठनले अख्तियार गरेको नीति तथा उद्देश्य परिपूर्तिका लागि प्रशिक्षित एवं अनुशासित जनशक्तिले संगठनको अपेक्षाबमोजिम आपूmभित्र भएको उर्जा, जोस र दक्षतालाई अधिकतम उपयोग गरी उत्कृष्ट कार्यक्षमता प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
मुलुकमा शान्ति सुरक्षा कायम गर्ने कार्यमा खटिदा व्यावसायीक, मर्यादित, पारदर्शी एवं जनताको सहयोगी संगठनको रुपमा स्थापित सशस्त्र प्रहरी बललाई नयाँ उचाईमा पु¥याउन आफ्नो क्षमता, योग्यता र विवेकले भ्याएसम्म स्थानीय सरोकारवाला निकायहरुसँग आवश्यक समन्वय र सहकार्य गर्दै दायित्व निर्वाह गर्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्र र नागरिकको सुरक्षालाई नै प्रमुख उद्देश्य लिएका सुरक्षा निकायबीच सौहाद्र सम्बन्ध र प्रभावकारी समन्वय सधैं अपरिहार्य रहने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक वन्तले आगामी दिनमा अझै प्रभावकारी कार्यसम्पादनमा लाग्नुपर्ने बताउनुभयो ।
राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशक दिलिपराज रेग्मीले विभागका कर्मचारीहरुको व्यावसायीक दक्षता अभिबृद्धिका लागि सशस्त्र प्रहरी बलको उल्लेखनीय सहयोग रहेको उल्लेख गर्नुभयो ।
उहाँले तालिममा सिकेको ज्ञानलाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा कार्यान्वयन गर्दै आइपर्ने चुनौतीहरुको सामना गरी लक्षित उद्देश्य हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक सिंहबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुहुँदै व्यावसायीक जनशक्ति उत्पादनका लागि संगठनले तालिममा विशेष जोड दिएको बताउनुभयो ।
तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कविन्द्रमान श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गत चैत्रबाट संचालित ६३ जना अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागि अल्पकालिन आधारभूत तालिममा सशस्त्र प्रहरी निरीक्षक शंकरबहादुर थापा सर्वप्रथम भएका छन् भने राष्ट्रिय अनुसन्धान विभागका अधिकृत तथा सहायकहरुका लागि संचालित आठ हप्ता अवधिको उक्त तालिममा अनुसन्धान अधिकृत यज्ञराज पाण्डे उत्कृष्ट प्रशिक्षार्थी ठहरिएका छन् । सो तालिममा कूल ३२ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए ।  www.nepaljapan.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses