सीमामा पेट्रोलको जोहो
भारतले विगत एक महिना देखि नेपालमा लगाएको अघोषित नकाबन्दीका कारण नेपालीहरुको दैनिक जनजीवन निकै कष्टकर बनिरहेको छ । विशेष गरी यहाँ इन्धन समस्याले सबैलाई त्राहीमाम् बनाएको छ । पूर्व नाका काँकडभिट्टा वरपरका व्यापारी तथा सर्वसाधारणले यही समस्यालाई गरी खाने बाटो बनाएका छन् । शुक्रबार दिउँसो मेची पुल पुग्दा पुल कै बीचमा केही भारतीय नम्बर प्लेटका मोटरसाइकल रोकेर मानिसहरु धमाधम पेट्रोल झिक्दै नेपाली नम्बर प्लेट भएको मोटरसाइकलमा हाल्दै थिए । यसरी नेपाली मोटरसाइकलमा हालेपछि उक्त पेट्रोल नेपाल प्रवेश गर्छ र उच्च मुल्यमा बिक्री गरिन्छ । अहिले नाका वरपरका पेट्रोल पम्पभन्दा फुटपाथमा धेरै पेट्रोल पाइन्छ ।kantipur.ekantipur.com


0 comments
Write Down Your Responses