बाबुराम पक्षीय नेता प्रभु साहले दिए यस्तो स्पष्टिकरण
काठमाडौं । एकीकृत माओवादी परित्याग गरेका नेता डा.बाबुराम भट्टराई पक्षधर भनेर चिनिएका नेता प्रभु साहले प्रधानमन्त्रीको निर्वाचनमा आफूले पार्टी निर्णय अनुसार केपी ओलीलाई भोट हाल्ने बताएका छन् ।पार्टीको संसदीय दलको बैठकमा नेता साहले एमालेलाई समर्थन गर्ने निर्णयमा आफ्नो व्यक्तिगत समर्थन नरहेपनि ओलीलाई भोट हाल्ने बताएका हुन् ।
यस्तै उनले शनिबार नै बाबुराम पक्षीय नेताले निकालेको विज्ञप्तीमा आफ्नो नाम भएपनि त्यसमा आफ्नो समर्थन नरहेको र आफूले हस्ताक्षण पनि नगरेको स्पष्ट पारे ।
संसदीय दलको बैठकमा साहबारे प्रश्न उठेका थिए । ती प्रश्नको उत्तर दिँदै उनले आफू पार्टी निर्णयभन्दा बाहिर नजाने स्पष्ट पारेका हुन् ।
उनले संविधानसभाका अन्तिम बैठकहरु बहिस्कार गरेका थिए । तर त्यसपछि उनी संसदका बैठकमा भने सहभागी हुँदै आएका छन् ।
एमाओवादीले एमाले अध्यक्ष ओलीलाई मतदान गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses