प्रधानमन्त्रीमा उम्मेद्वारी दर्तापछि मुस्कुराउँदै ओलीले यसो भने
काठमाडौं । नयाँ प्रधानमन्त्रीका लागि उम्मेदवारी दर्ता गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू सबैसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रस्तावक र राप्रपा नेपालका अध्यक्ष कमल थापा समर्थक रहेर प्रधानमन्त्रीका लागि उम्मेवदारी दर्ता गरेपछि उनले अन्तिममा काँग्रेसले पनि साथ दिने विश्वास व्यक्त गरे ।
विगतमा आफू प्रधानमन्त्री सुशील कोइरालाको प्रस्तावक रहेको स्मरण गर्दै ओलीले आफूलाई काँग्रेसले पूर्वसहमति अनुसार समर्थन गर्ने विश्वास व्यक्त गरेका हुन् ।
ओलीको उम्मेदवारीमा प्रस्तावक रहेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समर्थक राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूहरुले ओलीलाई आगामी प्रधानमन्त्रीका लागि बिनासर्त समर्थन गरेको बताए ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses