नेपालमै पेट्रोल बनाएका युवा भन्छन्–एक लिटरले एक सय किमि दौडन्छ, नडराउनुहोस
सोमबार, २ कार्तिक
दाङ । भारतले नाकाबन्दी दगाएपछि नेपालमा यतीबेला वैकल्पीक इन्धनको बहस चलिरहेको अवस्थामा सल्लाको खोटोबाट पेट्रोल बनाएका दाङका युवाले सरकारले अवसर दिए आफुले व्यवसायीक उत्पादन थाल्ने बताएका छन् ।
उनले दुई लिटर सल्लाको खोटोबाट एक लिटर पेट्रोल बन्ने बताएका छन् । साथै उक्त इन्धनले हालको भन्दा १५ प्रतिशत बढी माइलेज दिने र मात्र ७० रुपैपाँ पर्ने बताएका छन् ।
उनले आइतबार मात्रै पत्रकार सम्मेलन गरि सल्लाको खोटोबाटै मोटरसाइकलको सफल परिक्षण गरिसकेका छन् । घोराही नगरपालिका–११ निवासी युवा वैज्ञानिक मार्सल रोकाले सल्लाको खोटोबाट इन्धन उत्पादन गरेर सवारी साधन चलाई सफल परीक्षण समेत गरेका थिए ।
जंगलमा पाइने सल्लाको खोटोलाई प्रशोधन गरी सवारी साधन चलाउने इन्धन उत्पादन र सफल परीक्षण गरिएको थियो । प्राकृतिक वैकल्पिक उर्जाका रुपमा सो इन्धनले काम गर्ने रोकाले दाबी गरेका छन् ।
उनले मोटरसाइकलको पेट्रोल पाइपमा खोटोको इन्धनलाई जोडेर मोटसाइकलको सफल परिक्षण गरेका हुन् ।
बैज्ञानीक रोकाले आइतबार घोराहीमा पत्रकार सम्मेलन गरी खोटोको इन्धनबाट मोटरसाइकल चलाउन सकिने विधि आफूले तयार पारेको दाबी गरे । दाङका प्रहरी प्रमुख, एसपी कुबेर कडायतले उक्त खोटोको इन्धनबाट मोटरसाइकल चलाएका थिए ।
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses