दशैंको मुखमा पनि प्रहरीले छाडेन गुण्डा नाइके, फेरि अर्का डन पक्राउ
सोमबार, २ कार्तिककाठमाडौं । हत्या, गोली र खुकुरी प्रहारको आरोप लागेका धादिङका डन राधे उपवर्m राधाकृष्ण भण्डारीलाई प्रहरीले सोमबार धादिङबाट पक्राउ गरेको छ।
धादिङकै गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’ का प्रतिस्पर्धी डनका रूपमा चिनिएका राधे पक्राउ परेको प्रहरीले पुष्टि गरेको छ । उनलाई दिनेश अधिकारी चरीको हत्या प्रयास गरेको भन्दै परेको उजुरीको छानविनकालागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राधेले करिब दुई वर्ष अधि मात्र प्रहरीकै गाडीमा रहेको अवस्थामा चरीमाथि गोली प्रहार गर्दै फरार भएका राधेलाई जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ प्रहरी परिसरको निर्देशनमा जिल्ला प्रहरी कार्यालय धादिङले पक्राउ गरेको थियो । उनलाई पक्राउ लगत्तै काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सविन प्रधानले बताए ।
www.nepalsandesh.com
0 comments
Write Down Your Responses