राशीफल / २०७२ कार्तिक ०५ गते बिहीबार
वि.सं. २०७२ कार्तिक ०५ गते बिहीबार तदनुसार ई. सं. २०१५ अक्टोबर २२ तारिख,किलक नामक संवत्सर, शाके :— १९३७, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :— ११३५, (कौलाथ्व)
इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५९ बजे र सूर्यास्त : साँझ ०५:२० बजे
काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०६:०८ बजे र सूर्यास्त : साँझ ०५:२७ बजे
पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०६:१४ बजे र सूर्यास्त : साँझ ०५:३२ बजे
आश्विन शुक्लपक्षको नवमी तिथि, बिहान ०७:२२ बजेसम्म, त्यसपछि दशमी तिथि,
श्रवण नक्षत्र, बिहान १०:१९ बजेसम्म, त्यसपछि धनिष्ठा नक्षत्र, चन्द्रमा मकर राशिमा, बेलुका ०९:४३ बजेसम्म, त्यसपछि कुम्भ राशिमा,
शूल योग, दिउँसो ०३:०१ बजेसम्म, त्यसपछि गण्ड योग,
आनन्दादि योग : ध्वाङ्क्ष, चन्द्रवर्ण : कालो, चन्द्रदिशा : दक्षिण, योगिनीदिशा : पूर्व, वारशूल : दक्षिण,
आजको व्रत÷पर्व : नवरात्रअन्तर्गत सिद्धिदात्री भगवतीको पूजा, महानवमी, विजया दशमी, दशैंको टीका, खड्गयात्रा, देवीविसर्जन, मन्वादि, शमीपूजन, नेवारी पर्व स्याक्वट्वाक्व, चालँ, बौद्धावतार,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त,
आगामी ३ दिनभित्र पर्ने व्रत÷पर्व तथा शुभ मूहुर्त :
भोलिको व्रत÷पर्व : स्मार्तहरुले लिने पापाङ्कुशा एकादशी व्रत, अन्नपूर्ण यात्रा, नेवारी असचालँ,
भोलिको मूहुर्त : गृहारम्भ, वास्तुमुहूर्त, पुरानो घर वा डेरा सर्ने, दीक्षाग्रहण,
०७ गते : वैष्णवहरुले लिने पापाङ्कुशा एकादशी व्रत, संयुक्त राष्ट्र संघ दिवस, त्रिपुष्कर योग बिहान ०७ बजेर २६ मिनेटपछि मध्यरात्री १२ बजेर ०५ मिनेटसम्म, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,
०८ गते : प्रदोष व्रत, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त,
आजको राशिफल
ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खटिनु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले ढिलो गरी कुनै काम बन्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाको रक्षाका लागि प्रयास हुनेछन् । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी त हुने छैन, तर बन्दव्यापारको दौडधूपले पारिवारिक जीवनमा निरसता आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । वैदेशिक यात्राका लागि गरिएको प्रयास सार्थक हुनेछैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शैक्षिक प्रगतिका लागि अनुकूल समय आएको छ, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । गुरुजन, अभिभावक र साथीभाइले उपयोगी र आवश्यक सहयोग प्रदान गर्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । मित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । भोजभतेर खानपिन जस्ता सामाजिक कार्यमा सहभागी हुनु पर्नेछ । दीघकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ र स्वास्थ्यमा कुनै समस्या देखिने छैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । व्यापारिक वा दैनिक कामहरूबाट सामान्यतया लाभ हुने संकेत नै छ, तर सोचेजस्तो नहुन सक्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय निकाल्न सकिंदैन, सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्राको योग छ । बाह्रौं चन्द्रमा भएकाले यात्राका क्रममा होस राख्नु राम्रो हुन्छ । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा देखिए पनि अत्तालिइ हाल्नु पर्दैन । बेलाबेलामा अशान्ति र छटपटी हुनसक्छ । कुनै गोप्य योजना कार्यान्वयन गर्न आजको दिन अनुकूल छ । बन्दव्यापारमा बेफाइदा छैन । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हाँसखेल र मनोरञ्जनका लागि समय निकाल्न सकिंदैन । नियमित भोजनको अनुकूलता मिल्दैन । अरुले तपार्इंका क्रियाकलापको चियोचर्चो गर्नेछन् । बोल्दा ख्याल गर्नुहोला, गतल सन्देश जानसक्छ । पापबुद्धि र भ्रष्टमतिको उदय हुनाले बढुवा वा जिम्मेवारीका अवसर गुम्न सक्छन्, सचेत रहनु बेस । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:३९:४७ उत्तर तथा देशान्तर : ८७:१६:२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )


0 comments
Write Down Your Responses