सुनसरीमा मधेसी मोर्चाद्धारा प्रहरीमाथि आक्रमण, इन्सपेक्टरको दाँत भाँचिदिए
सुनसरी, २३ असोज । सुनसरीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि आक्रमण गरेका छन् ।
दुहवी भलुवा नगरपालिका–७ मा गस्ती गर्ने क्रममा लुकीछिपी बसेका बन्दकर्ताले शुक्रबार ढुङगा प्रहार गर्दा ईलाका प्रहरी कार्यालय दुहवीका प्रहरी नायव निरीक्षक भुदेब बस्नेतको दाँत भाँचिएर घाइते भएका छन् ।
यसैगरी सुनसरी दुहबी भलुवा नगरपालिका–७ स्थित स्कर्टिङमा खटिएको प्रहरीमाथि शुक्रबार बन्दकर्ताले ढुंगामुढा र शिसा प्रहार गर्दा सशस्त्र प्रहरी जवान बेबूराज राई घाइते भएका छन् । अश्रुग्याँस फायर गरी भिडलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses