नयाँ सरकारबारे एमाओवादीको धारणा सार्वजनिक
काठमाडौं, २२ असोज । नयाँ सरकार गठनबारे एकीकृत नेकपा एमाओवादीले आफ्नो धारणा सार्वजनिक गरेको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठकले एमालेको नेतृत्वमा कांग्रेससहितको सरकार गठन गर्नुपर्ने निर्णय गरेको हो । उसले नेतृत्व एमालेलाई नै दिनुपर्नेमा समेत जोड दिएको छ ।
कांग्रेस र एमाले दुबैले सकारको नेतृत्वको दाबी गरिरहेको अवस्थामा एमाओवादीले बहुमतीय प्रक्रियाबाटै भएपनि एमालेको नेतृत्व र कांग्रेसको सहभागितामा सहमतिको सरकार बनाउनु पर्ने निर्णयमा पुगेको बैठकमा सहभागी एक नेताले दैनिक नेपाललाई बताए ।
उनले भने– हाम्रो पार्टीको आधिकारिक धारणा भनेको पूर्व सहमति अनुसार सरकारको नेतृत्व एमालेले पाउनुपर्छ । र त्यसमा कांग्रेस सहभागी हुनुपर्छ ।’ बैठकबाट एमाओवादीले आफ्नो आधिकारिक धारणामा प्रमुख दलबीच संविधान निर्माणपछि सरकारको नेतृत्व एमालेलाई नै दिने सहमति भएको बताएको छ ।
dainiknepal.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses