नाकाबन्दी हटाउन र आपूर्ति सहज गर्न तीनवटा विशेष समिति
काठमाडौं : सरकारले भारतले लगाएको अघोषित नाकाबन्दी हटाएर आपूर्ति व्यवस्थालाई सहज बनाउन अन्तराष्ट्रिय सहयोगका लागि प्रभावकारी रुपमा पहल गर्ने भएको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।नाकाबन्दी र यहाँको असहज अवस्थाबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिदै आपूर्तिलाई सहज बनाउनका लागि पहल तथा वार्ता गर्न तीनवटा विशेष समिति बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। बैठकले अघोषित नाकाबन्दी खुलाउनका लागि भारतसँग वार्ता र पहल गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा मुख्य सचिव र बाणिज्य सचिव रहेको समिति गठन गरेको छ।


त्यसैगरी पेट्रोलियम पदार्थको सहज आपूर्ति र वैकल्पिक व्यवस्था बारे अध्ययन गरी समाधान खोज्न बाणिज्यमन्त्री सुनिलबहादुर थापाको संयोजकत्वमा मुख्यसचिव र बाणिज्य सचिव सदस्य रहेको अर्को समिति पनि गठन गरेको छ ।

उर्जा संकटबारे अध्ययन गरी दिगो समाधान तथा योजनाका लागि सुझाव दिन राष्टिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेलको संयोजकत्वमा अर्थसचिव र आपूर्ति सचिव रहेको अलग्गै समिति पनि गठन गरेको छ ।
annapurnapost.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses