मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु
विराटनगर : मोरङमा शुक्रबार साँझ दुई वटा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु भएको छ ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बाहुनीमा भएको सो दुर्घटनामा धरान–८ बस्ने ४० वर्षीय इन्द्र तामाङ र ३८ वर्षीय बोधराज राईको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
मे४प २७११ नंको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेका को१९प ३९०५ नंको मोटरसाइकल ठोकिएपछि दुवै मोटरसाइकलका चालक गम्भीर घाइते भएका थिए । दुवै जनाको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । रासस
annapurnapost.com


0 comments
Write Down Your Responses