नेपाल र चीन सिमाको कोरला नाकाको द्वार भत्काइयो
२३ असोज, मुस्ताङ ।

नेपाल र चीनको सिमाना कोरला नाका नजिकै निर्माण गरिएको स्वागत द्वार भत्काइएको छ ।

जिल्ला विकास समिति मुस्ताङबाट खटिएको प्राविधिज्ञको टोलीले तीनवर्ष अघि निर्माण गरेको द्वार भत्काइएको हो । सीमा नाकाभन्दा करिब पाँच किलोमिटर यता निर्माण गरिएको ढोका सिमाना नजिकै हुनुपर्ने चौतर्फी दबाब बढेपछि त्यसलाई भत्काइएको जिविसले जनाएको छ ।

करिब १० लाख रुपैयाँ खर्च गरेर निर्माण गरिएको स्वागत द्वार सीमाभन्दा धेरै वर भएको भन्दै उपल्लो मुस्ताङका सर्वसाधारणले पनि आपत्ति जनाउँदै आएका थिए ।

ठेकेदारले तोकिएको स्थानभन्दा वर निर्माण गरेका कारण समस्या भएको थियो । सीमा नजिकै अर्को स्वागत द्वार निर्माण गर्न पुरानो द्वार भत्काइएको स्थानीय विकास अधिकारी बलदेवप्रसाद जोशीले जानकारी दिए ।

“त्यो वैज्ञानिक भएन भन्ने कुरा आएपछि त्यसलाई भत्काएर सीमा नजिकै द्वार निर्माण गर्ने हो,” स्थानीय विकास अधिकारी जोशीले भने, “त्यसका लागि आवश्यक बजेट पनि विनियोजन गरेका छौँ ।” चीनले भने सीमा नजिकै सुरक्षा बलको शिविर खडा गरेर सुरक्षालाई चुस्त पारेको छ । रासस
nepaliheadlines.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses