प्रधानमन्त्रीमा सुशील कोइरालाको उम्मेदवारी, देउवा प्रस्तावक, पौडेल समर्थक
काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले पुनः प्रधानमन्त्री पदका लागि व्यवस्थापिका संसदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।कोइरालाको प्रस्तावकमा वरिष्ठ नेता शेरबहादुर देउवा र समर्थकमा उपसभापति रामचन्द्र पौडेल छन् । कोइरालाको समर्थनमा अहिलेसम्म अन्य कुनै दल देखिएको छैन् ।
उम्मेदवारी दर्ता गर्दै कोइरालाले अन्य दलहरुको सल्लाहमा नै उम्मेदवारी दर्ता गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘अन्य दलहरुले सहयोग गर्ने प्रतिबद्धतामा मैले उम्मेदवारी दिएको हुँ ।’
dainiknepal.com


0 comments
Write Down Your Responses