मधेस आन्दोलनको विरुद्धमा अर्को आन्दोलन घोषणा
शुक्रबार, २२ असोज
काठमाडौं । दुई महिनादेखि जारी मधेस आन्दोलन साम्प्रदायिकतातर्फ उन्मुख हुन थालेको दावी गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले शान्तिपूर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको छ ।
सो पार्टीले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर भारतीय भूमिबाट नेपालीमाथि आक्रमण गर्ने, भारततर्फ गएका नेपालीहरुमाथि मरणासन्न हुने गरी कुटपीट र आक्रमण गर्ने जस्ता कामले मुलुकको सामाजिक सद्भाव विथोल्ने दावी गर्दै त्यसका विरुद्ध सामाजिक सद्भाव कायम राख्न शान्तिपुर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष एवम पूर्व मन्त्री बद्रीप्रसाद न्यौपानेले तराईमा सबै समूदाय मिलेर बसिरहेको बेला विभिन्न बहानामा त्यसलाई विथोल्ने काम हुन थालेको संकेतहरु आउन थालेको प्रति आफूहरु गंभिर रुपमा चिन्तित हुन थालेको भन्दै मधेस आन्दोलनकारीहरुले यस्तो क्रियाकलाप नरोके त्यसका विरुद्ध शान्तिपूर्ण प्रतिकार गर्ने चेतावनी दिए ।
न्यौपानले सरकारले आफूहरुसँग गरेको ९ बुँदे सम्झौतामा चुरेभावर प्रदेश दिने उल्लेख गरेकोमा प्रदेशको सीमांकनमा त्यो कार्यान्वयन नहुँदा समेत आफुहरु संविधान आउने सर्तमा चुप लागेर बसेको उल्लेख गरे ।
www.nepalsandesh.com
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses