नेपाल र भारतका सुरक्षाकर्मीको संयुक्त गस्ती
कञ्चनपुर : सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न नेपाल र भारतका सुरक्षाकर्मीले कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रमा संयुक्त गस्ती गरिरहेका छन् ।
दुवै देशका सुरक्षाकर्मीले सीमा क्षेत्रमा हुने नक्कली नोटको कारोबार, अवैध हातहतियार ओसारपसार, लागुऔषध, मानवबेचबिखन र लुटपाटका घटना न्यून गर्न संयुक्त गस्तीको कार्य गर्दै आएका हुन् ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल बोर्डर आउटपोस्ट दोधारा र भारतीय सीमा सुरक्षा बल नौजलिया पोस्टका सुरक्षाकर्मीले नियमित गस्तीको कार्य गर्दैआएको पोस्टका सशस्त्र प्रहरी नायब निरीक्षक नवराज खड्काले बताए ।
'नियमित संयुक्त गस्तीको कार्यले सीमावर्ती क्षेत्रका नेपालीमाथि गरिने दुर्व्यबहार, सीमा अतिक्रमण विवाद र चोरी तस्करीका घटनामा कमी आएको पाएका छौँ', उनले भने ।
दसैँलगायतका चाडपर्वका बेला सीमा क्षेत्रमा अप्रिय घटना हुन नदिन गस्तीलाई बढाइएको उनले बताए ।
हरेक महिनाको दुई पटक र आवश्यक परे जुनसुकै बेला संयुक्त गस्ती गर्ने गरी नेपाल र भारत सीमा सम्बन्धलाई मजबुत बनाएको भारतीय सीमासुरक्षा बल (एसएसबी) नौजलियाका कमाण्डर बलवीर सिंहले बताए ।
सिंहले भने, 'गस्तीका क्रममा सीमास्तम्भको नियमित अनुगमनसमेत गर्दै आएका छौँ ।' रासस
annapurnapost.com


0 comments
Write Down Your Responses