भारतीय प्रहरीद्धारा नेपाल प्रहरीमाथि आक्रमण, हतीयार लुटीयो
विराटनगर । दसगजामा धर्ना बसेका मधेशी मोर्चाका कार्यकर्तालाई हटाउन खोज्ने नेपाल प्रहरीका असइमाथि आक्रमण गरेको छ । भारतीय एसएसबीले दादागिरी देखाउँदै नेपाली सुरक्षाकर्मीमाथि हमला गरेको हो ।विराटनगरको रानी नाकास्थित दसगजा क्षेत्रमा आएर नेपाल प्रहरीका असईलाई नियन्त्रणमा लिएर भारतीय भूमिमा लगि कुटपीट गर्नुका साथै उनको साथमा रहेको हतीयर समेत लेटेका छन् ।
एसएसबीले असई प्रदीप गिरीलाई नियन्त्रणमा लिएर कुटपीट गर्दे हतियार समेत खोसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी प्रमोद खरेलले पुष्टि गरेका छन् ।
आज दिउँसो मधेसी मोर्चाका कार्यकर्ताले नाकामा धर्ना दिने कार्यक्रम अन्तर्गत विराटनगर–जोगवनी नाकाको दसगजा क्षेत्रमा मधेशी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि हटाउने प्रयासमा रहेका नेपाल प्रहरीमाथि भारतीय एसएसबीले आक्रमण प्रयास गरेको थियो ।
एसएसबी आक्रमणले असई गिरीको निधारमा गम्भिर चोट लागेको छ । नियन्त्रणमा लिइएको केही बेरपछि नेपाली सुरक्षाकर्मीको दबाबमा उनलाई मुक्त गरिएको थियो ।
गिरीको अहिले विराटनगर स्थित कोसी अञ्चल अस्पतालमा उपचार भईरहेको छ । उनको पेस्तोल लुटेको एसएसबीले अझै दादागिरी देखाइरहेको छ । भारतीय सुरक्षाकर्मीले देखाएको यस्तो व्यावहार अन्तर्राष्ट्रिय सीमा नयम विपरीत रहेको छ ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses