चुनाव हारेपछि आँखाभरी आँशु पार्दै कोइरालाले यस्तो भने
आइतबार, २४ असोजकाठमाडौ । निवर्तमान प्रधानमन्त्री एवं प्रधानमन्त्रीका हरुवा उम्मेदवार सुशील कोइरालाले राम्रो कामकालागि नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुर्ण समर्थन गर्ने बताएका छन् ।
निकै निरास मुद्रामा बिहीरीएको कोइरालाले १६ बुँदे सहमतिमा नाम नतोकीएकाले आफु उम्मेदवार भएको बताए ।
उनले लोकतान्त्रिक प्रकृयालाई बलियो बनाउनकालागि पनि आफुले उम्मेदवारी दिएको बताए । प्रधानमन्त्री रहँदारहँदै निर्वाचन लडेर हार्न पुगेको कोइराला निकै थकीत देखिन्थे ।
कोइरालाले आफु कमजोर नभएको र अब आउने सरकारले आफुले थालेका काम पुरा गर्ने बताए ।
www.nepalsandesh.com


0 comments
Write Down Your Responses