बँदेलसँग मोटरसाइकल ठोक्किँदा दुई प्रहरीको मृत्यु
पथलैया : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डमा आइतबार साँझ मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।पथलैयादेखि तीन किलोमिटर पूर्वतर्फ रहेको रहेको दुधौरा पुल नजिक बा२८प ३०३८ नम्बरको मोटरसाइकल बदेलसँग ठोक्किएर दुर्घटना हुँदा प्रहरी हवल्दार गोविन्द राणा र प्रहरी जवान सागर गुरुङको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु भएका दुबै प्रहरीको ठेगाना खुल्न सकेको छैन ।
हेटौडाबाट चन्द्रनिगाहपुर जाँदै गरेका बेला मोटरसाईकल बँदेलसँग ठोक्किएर दुर्घटना भएको ईलाका प्रहरी कार्यलय सिमराका प्रहरी निरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।
मोटरसाइकलसँग ठोक्किएको बँदेल पनि मरेको छ । बँदेलले सडक पार गर्ने क्रममा मोटरसाइकलसँग ठोक्किएको हुनसक्ने प्रहरी निरीक्षक खड्काले बताए । annapurnapost.com


0 comments
Write Down Your Responses