मोदी र सुष्मालाई सराप्दै मधेसी नेता, दिल्लीकै दाल खाएर धारेहात किन ?
बुधबार, २३ मंसिरआन्दोलनरत मधेसी मोर्चाका नेताहरु आफ्नो भारत भ्रमणलाई फलदायी भन्ने कि दुःखदायी भन्ने भन्दै खल्लो मन पारेर स्वदेश फर्कदै छन् ।
उनीहरुसँग भारतीय संस्थापन पक्षले खास विषयमा खास कुरा गर्न सकेन भने नेपाल सरकारसँगै वार्ता र सहमति गरेर अघि बढ्न सुझाव दियो ।
उनीहरुको भ्रमण यस्तो बेलामा भएको थियो की, भारतीय संसदमा नाकाबन्दीका विरुद्ध विशेष सार्वजनिक महत्वको प्रस्तावमाथि विदेश मन्त्री सष्मा स्वराजले सम्बोधन गर्दै थिइन् र उनले संसदमा हामीले नाकाबन्दी लगाएका छैनौं, नेपालबाटै अबरोध हो भनी प्रमाणित गर्नु थियो ।
मधेसवादी नेताहरुले भारत सरकारकै रोल मोडलमा प्रस्तुत हुँदै यो नाकाबन्दी नै हैन, मोर्चाले नाकामा अबरोध गरेको मात्र हो भन्न भ्याए ।
त्यो पनि जो जो संसदमा बोल्दै थिए, उनीहरुको दैलो दैलोमा पुगेर । अनि भारतीय विदेश मन्त्रीको न्यानो सत्कार स्वरुप रात्रीभोज खाए र उनको निर्देशन सुनेर फर्कने अवस्थामा पुगे ।
भारतीय विदेश मन्त्री र प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार डेबेलले सरकारसँग सम्झौता गरेर अघि बढ्न अर्ति दिए ।
भारत पुग्ने वितिकै आफुहरुको माग पुर्ण रुपमा सम्बोधन हुने सोच्दै भारत पुगेका शीर्ष नेताहरु अन्तिममा मोदी र सुष्मालाई नै धारेहात लगाउँदै फर्कने अवस्थामा पुगे ।
भारतमा खासगरि विपक्षीहरुले चर्को विरोध गरेपछि मोदी सरकार एक कदम पछि हटेको बताइन्छ । मोदी सरकारले मोर्चाको मागमा लचक हुन मात्रै भनेन भारत सरकारलाई संकट आइपरेकाले तत्काल नाकाको अबरोध हटाउन उर्दी समेत दियो ।
यसपछि उपेन्द्र यादवले त नाकाको अबरोध हटाउन नमिल्ने अभिव्यक्ति नै दिए । यसरी मधेसी मोर्चाका नेताहरुको भारत भ्रमण हात्ती आयो हात्ती आयो फुस्सा बनेको छ र यसले एउटा पाठ सिकाएको छ कि घर भित्रको झगडा घरमै समाधान गर्नुपर्ने रहेछ । यसमा सबैको चेतना भया ।
nepalsandesh
0 comments
Write Down Your Responses