भारतीय विदेशमन्त्री स्वराजले प्रचण्ड, बाबुराम र देउवासँग गोप्य सहमति गरेको खुलासा !
काठमाडौं । राज्यसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै विदेशमन्त्री स्वराजले साता दिनभित्रै समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छिन् । ईश्वरले चाहे भने अब पाँच-सात दिनमा निकास निस्किनेछ । हामी कामना गर्छौँ कि मधेसीलाई न्याय मिल्नेछ र कष्टमा परेका जनताका लागि सहज अवस्था सिर्जना हुनेछ । मैले मधेसी नेताहरूलाई भनेकी छु- वार्ता गरेर यो मामिला समाधान गर्नुस् । अब राजनीतिक सहमतिको वातावरण बनेको छ ।’ स्वराजले भनेकी छिन् ।
माथिल्लो सदन राज्यसभामा नेपालमाथि भारतले गरेको नाकबन्दीको विषयमा सदस्यहरुले तीव्र रुपमा प्रश्न उठाएपछि नेपाल प्रसिद्ध नेताहरुसंग कस्तो सहमति भयो र के कारणले नाकबन्दी गर्नुपर्यो भन्ने विषय यसरी जवाफ दिंदै खुलाएकी छिन्:
नेपाली जनताले दुस्ख पाएका छन्, मधेसी जनता न्यायका लागि आन्दोलनमा छन् । नेपाल सरकार र मधेसीबीच वार्ताका लागि प्रोत्साहित गर्नुपर्छ, जसबाट एकातिर मधेसीलाई न्याय मिलोस्, अर्कातिर आपूर्ति नपाएर छटपटाएका नेपाली जनताको दुस्ख अन्त्य होस् ।
भारत र नेपालको सदीऔँको सम्बन्ध छ । ऐतिहासिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध छ । २०१४ सालअघि १७ वर्षसम्म भारतका प्रधानमन्त्री नेपाल गएनन्, २३ वर्षपछि संयुक्त आयोगको बैठकमा म गएँ । डेढ घन्टाको यात्राको देशमा १७ वर्षसम्म प्रधानमन्त्री नगएको अवस्थालाई तपाईंहरूले कसरी हेर्नुहुन्छ, थप बताउन चाहन्नँ । प्रधानमन्त्रीको भ्रमण भ्रमण मात्र थिएन, नेपालमा भारतमय वातावरण बनाइदिनुभयो संविधानसभामा बोलेर । उहाँले ऋषिमनले संविधान बनाउनुस् भन्नुभयो, बुद्धको देश शस्त्रबाट शास्त्रतिर गएको भन्नुभयो ।
हामी कुनै मित्रदेशलाई हस्तक्षेप गर्न चाहँदैनौँ । भूकम्पमा ६ घन्टाभित्र नेपाल पुग्ने देश भारत नै थियो । बिग ब्रदर हैन, इल्डर ब्रदर हो । ब्रिग ब्रदरको सोचाइ गलत हुन्छ, इल्डर ब्रदरको सहयोगी भावना हुन्छ । हामी त्यही भएर कम्बल लिएर भूकम्पपछि गयौँ, आफ्नै हातले बनाएको तातो रोटी खुवायौँ । यही हो हाम्रो इल्डर ब्रदर एटिच्युड । डाक्टर, औषधि, खाना, सबै दियौँ । भौगोलिक स्थिति, मित्रता, छिमेकको आवश्यकताका कारण भारतले सहयोग गरेको हो । दाता सम्मेलनमा एक अर्ब अमेरिकी डलर दियौँ । त्यसअघि नै एक अर्ब डलरको घोषणा गर्‍यौँ । यसरी दुई वर्षमा १२ हजार करोडको सहायता भारतले दियो ।
चार महिनायता नेपाल–भारत सिमानामा ११ हजार दुई सय ६ ट्रक रोकिएका छन् । हामीले फिर्ता बोलाएका छैनौँ किनभने नाकाबन्दी खुल्यो भने उनीहरू फेरि फर्किएर जानुपर्छ । दैनिक एक हजार ५० ट्रक वीरगन्जबाट र अन्य नाकाबाट चार सय पचासवटा जाने गरेकोमा रक्सौलबाट गएका छैनन् ।
आइतबार आठ सय ६४ गाडी गएका छन् । चार सय गाडी औषधि बोकेर गएका छन् । स्वास्थ्यमन्त्रीसँग कुराकानी गरेर आएकी छु । अस्पतालमा मानिस उभिएका छन् । उनीहरूलाई नाकाबन्दी कसले गरेको, नगरेको मतलब छैन । केवल औषधि चाहिएको छ ।
म मोदी सरकारको मन्त्री तपाईँको अगाडि उभिएर बोल्दै छु, मोदी सरकार र भारत अलग–अलग होइनन् । २४ घन्टाभित्र एयरलिफ्ट गराएर औषधि पठाउँदै छौँ । कमल थापाजी आउनुभएको थियो । मैले यो कुरा उहाँलाई पनि भनेँ । विदेश मन्त्रालय र दूतावास एकैसाथ मिलेर काम गरिरहेका छन् । नेपालमा हिन्दू राष्ट्रको माग चलिरहेको छ । प्रधानमन्त्री स्वयं गएर भनेका छन्– संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल । अब कहाँबाट हिन्दू र राजाको कुरा आयो ?
अन्तरिम संविधानमा राखिएको अधिकार पनि छिनियो । वैवाहिक अंगीकृतका लागि पहिला संविधानमा अधिकार मिलेको थियो । यताबाट ठूलो संख्यामा केटीहरू विवाह गरेर गएपछि वैवाहिक अंगीकृत नागरिकता राखिएको थियो । अब नयाँ संविधानमा यो व्यवस्था राखिएको छैन । समानुपातिक, समावेशी प्रतिनिधित्वको विषयमा पनि भेदभाव भएको छ ।
मनमा कुनै पनि प्रकारको बेचैनी राख्नु जरुरी छैन । सरकारलाई कुनै डर छैन । पूर्ववर्ती सरकार जसरी चलिरहेको छ, यो सरकार पनि त्यसैगरी चलिरहेको छ । नेपाल मामिलामा भारत डराउनुपर्ने कारण छैन ।
मधेस आन्दोलन चर्कियो भने हिंसा भड्किन सक्छ भन्ने हाम्रो पनि चिन्ता छ । विद्या भण्डारी, बाबुराम भट्टराई, प्रचण्ड, शेरबहादुर देउवा आउनुभयो । म आफैँले जुनमा कुरा गरेँ । हामी इन्गेज्ड थियौँ संविधान बन्नुअघि । जनवरीदेखि अगस्टसम्मको कुरा हो । अगस्टदेखि सेप्टेम्बरसम्म के भयो रु दुई दिनको बीचमा विनाबहस, निष्कर्ष नयाँ संविधान पारित भयो । २००७ मा मधेसीले पाएको अधिकार हटाएर विनाबहस संविधान पारित भयो । हामीले भन्यौँ कि भोलि यहाँ आन्दोलन चर्कियो भने भारतमा असर पर्न सक्छ । किनभने सिमानामा हामी शान्ति चाहन्छौँ ।
संविधान जारी हुनुअघि हामीले गएर जे भनेका थियौँ, संविधान बनेपछि त्यही भयो । अशान्ति भयो । त्यसकै कारण संविधान संशोधनको विधेयक पेस भयो । संसद्मा सुशील कोइरालाजीको सरकारले टेबल गरेको थियो । यदि अघिल्लो संविधानमा राखिएको अधिकार भएको भए मधेसीको आन्दोलन हुनेवाला थिएन । सुशील कोइरालालाई पनि यो रियलाइज भयो, त्यसकारण उनले संशोधनको प्रक्रिया अघि बढाए ।
एकातिर नेपाल स्वतन्त्र देश भन्ने, अर्कोतिर त्यहाँको समस्यामा भूमिका निर्वाह गरेन भनेर सरकारलाई गाली गर्ने रु नेपाल स्वतन्त्र देश हो । शुभचिन्तकका नाताले हामी सुझाब दिन्छौँ । नेपालमा अशान्ति भयो भने भारतलाई पनि असर पर्छ भनेर सहमतिको बाटो निकालौँ भनिरहेका छौँ । हामीले नाकाबन्दी होइन, नेपालकै मानिसले गरिरहेका छन् । अन्तरिम संविधानको अधिकार पुनस्र्थापित गर्न त्यहाँका मधेसीले आन्दोलन गरिरहेका छन् । जहाँ मधेसी बसिरहेका छन्, गोली चलाएर उनीहरूलाई मारेर नाका खुल्ने रु होइन भने वार्ता गरेर समाधान निकाल्ने । यस्तो खराब अवस्था पहिलोपटक थिएन । राजीव गान्धीका वेला १३ महिनासम्म नाकाबन्दी भएको थियो । त्यसकारण यो समस्या पहिलोपटक आएको होइन ।
अब ईश्वरले चाहे भने पाँच-सात दिनमा निकास निस्किनेछ । हामी कामना गर्छौँ कि मधेसीलाई न्याय मिल्नेछ र कष्टमा परेका जनताका लागि सहज अवस्था सिर्जना हुनेछ । मैले यो कुरा नेपालका उपप्रधानमन्त्री कमल थापा र मधेसी नेताहरूसागको कुराकानीका आधारमा भनिरहेकी छु । कमल थापा आउादा मलाई विश्वास दिलाउनुभयो– वार्ताबाट समाधान गर्छौँ । मधेसी नेताहरू आए । मैले भनेँ– वार्ता गरेर यो मामिला समाधान गर्नुस् । अब राजनीतिक सहमतिको वातावरण बनेको छ ।
– नयाँ पत्रिकाबाट ।
dainiknepal
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses