चीनले सोध्यो– भारतसँग लड्ने हो, कती सेना चाहिन्छ ?
बिहीबार, २४ मंसिरकाठमाडौं । चीनले नेपाल मामलामा पछिल्लो समय चासो राख्दै आएको छ । उस्ले भूकम्प पछिको पुन निर्माणमा भारतको सहयोग पछि बढी सहयोग गरेको चीन अहिलेको नाकाबन्दीको सामना गर्नकालागि पनि सहयोग गर्न तयार रहेको छ ।
चीनकालागि नेपाली राजदुत डा महेश मास्केको विशेष सक्रियतामा चीनले नेपाल मामलामा चासो दिइरहेको छ । पछिल्लो समय मास्के चिनियाँ उच्च अधिकारीहरुसँग इन्धन व्यापार सम्झौताकालागि लागिपरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उप मन्त्री छन् फेस्याङ लगायतका उच्च अधिकारीसँग मास्केले भेटघाट गरिरहेका छन् । भेटका क्रममा फेस्याङले आर्थिक रुपान्तरण र व्यापार परिवर्तनकालागि आफुहरु सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले भारत निर्भर व्यापारलाई कम गरि उ सँग व्यापारिक लडाईं गर्नकालागि चीनले सक्दो सहयोग गर्ने बताए । त्सकालागि राजमार्ग फराकीलो र १२ महिना नै चल्न सक्ने बनाउनकालागि नेपाल सरकारले सेनालाई जिम्मेवारी दिने निर्णय सकारात्मक भएको चिनियाँ बुझाई छ ।
उनले नेपाल सरकारले बाटो निर्माणलाई तिब्रता दिने बताएपनि त्यसकालागि प्राविधिक ज्ञान भएका सेनाको संख्या कती रहेको छ र काम कसरी हुन सक्छ भनेर फेस्याङले चासो राखेका हुन् ।
उनले नेपाल सरकारले आग्रह गरेमा रसुवागढी सडक विस्तारमा चिनियाँ सेनाले पनि सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल सरकारले पनि छिटै उच्चस्तरीय टोली चीन पठाउने तयारी गरिरहेको छ ।
nepalsandesh
0 comments
Write Down Your Responses