यी हुुन् पत्रकार कुुट्ने इन्सपेक्टर
लहान, २४ मंसिर । लहानस्थित सडक विभाग कार्यालयमा आज भएको एलपी ग्याँस वितरणको रिपोर्टिङ गर्ने क्रममा ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी निरीक्षक पाँचुु चौधरीले पत्रकार दिलिप सिंहलाई कुुटपिट गरेका छन् ।प्रहरीले सर्वसधारणलाई विना कारण कुटिरहेको दृष्य आफ्नो क्यामेरामा कैद गर्न खोज्दा प्रहरी निरीक्षकबाटै नयाँ पत्रिका दैनिकका सिरहा सम्बाददाता दिलिप सिंह कुटिएका हुुन् । आफूू पत्रकार हुुँ भन्दाभन्दै पनि प्रहरी निरीक्षक चौधरीले फोहोर गाली दिनुुका साथै कुुटपिट समेत गरेको पत्रकार सिंहले दुुःखेसो पोखे ।
प्रत्यदर्शी पत्रकार रामानन्द गुुप्ता भन्छन्- ग्याँस लिन जम्मा भएको भिडको फोटो एक सर्वसधारण यूवकले आफ्नो मोवाइलमा कैद गर्दै थिए । प्रहरीले ति यूूवकलाई नियन्त्रणमा लिएर निर्घात कुटिरहेको देखेर पत्रकार सिंह तस्विर खिच्न गइहाले । त्यसपछि प्रहरी निरीक्षक चौधरी आएर अपराधीलाई उस्काएको भन्दै पत्रकार सिंहलाई कुुट्न थाले ।
यता ईप्रका लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीलाई घटनाबारे जानकारी गराउँदै पत्रकार र मानवअधिकारकर्मीहरुले विना कारण पत्रकार सिंहलाई कुुटपिट गर्ने प्रहरी निरीक्षक चौधरीलाई कारबाही गर्न माग गरेका छन् । डिएसपी चतुुर्वेदीले घटनाको छानविन गरेर दोषी ठहर भए उनलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।
dainiknepal
0 comments
Write Down Your Responses