आइएसले कमाउछ माहिनाको ८ अर्ब भन्दा धेरै रकम
मंगलबार, २२ मंसिर
एजेन्सी । धार्मिक अतिवादी संगठन इस्लामिक स्टेट आइएसको हरेक महिना झण्डै ८ करोड डलर आम्दानी हुने अध्ययनले देखाएको छ ।
बेलायतको आर्थिक संस्था आइएचएस इंकल गरेको अध्ययन अनुसार आइएसले हरेक महिनामा झण्डै ८ करोड डलर संकलन गर्ने गरेको छ । जुन नेपाली मूल्य अनुसार ८ अर्ब भन्दा धेरै नेपाली रुपैयाँ हुने गर्दछ ।
संस्थाका अनुसार आइएसको आम्दानीको आधा भाग उसले नियन्त्रणमा लिएको क्षेत्रबाट असुल गरिएको कर तथा जफत गरिएका सम्पत्तिबाट रहने गरेका संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
आइएसको मुख्य आम्दानीको स्रोत भनेको तेलको व्यापार हो ।
तेलको व्यापारबाट आइएसले ४३ प्रतिशत र अरु बाँकी नसालु पदार्थको तस्करी, पुरातात्विक कलाकृतिका वस्तु तस्करी, आपराधिक गतिविधि तथा चन्दाबाट असुल गर्ने गरेको छ । प्रतिवेदनले विदेशी सहयोग भने आइएसलाई अरुको तुलनामा निकै कम मात्र मिल्ने गरेको देखाएको छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses