राजनीतिमा अचम्मको संकेत, तीन बजे भित्रै सहमति गर्न प्रचण्डको दौडधुप, मोर्चा मख्ख
बिहीबार, २४ मंसिर
काठमाडौं । मधेसी मोर्चाका नेताहरु दिल्ली दौडाहबाट फर्कीएकै भाेलि पल्ट सहमतिको संकेत देखिएको छ ।
राजनीतिक सहमतिको प्रयासमा एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको दौडधुप सुरु भएको छ।
प्रचण्डले कांग्रेसका शीर्ष नेताहरुसँग एक्ला एक्लै भेट गरेका छन् भने मधेसी मोर्चाका नेताहरुलाई पनि भेट्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहमा प्रचण्डले दौडधुप सुरु गरेका हुन्।
प्रचण्डले उपप्रधानमन्त्री विजय गच्छदार र मधेस आन्दोलनका नेतृत्वकर्ता महन्थ ठाकुर र उपेन्द्र यादवलाई भेटेपछि सर्वदलीय बैठक बस्ने र दिउँसो तीन बजे बस्ने संसद चल्ने वाताबरण तयार गर्ने गरि काम भैरहेको बालुवाटार स्रोतको दाबी छ ।
मोर्चाका नेताहरु बुधबार मध्यराति राजधानी आइपुगेका हुन् । उनीहरु पनि प्रमुख तीन दलको साझा धारणामा सकारात्मक देखिएका छन् भने केही विषय थप गर्नुपर्ने उनीहरुको अडान छ ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses