कांग्रेशको नेतृत्व यसपाली कोइराला परिवारको हातवाट गुम्ने
बिहीबार, २४ मंसिर
                                                                        शुशील कोइराला हार्ने आठ कारणहर
नेपाली कांग्रेशको नेतृत्व चयनका लागि आगामी माघ महिनामा महाधिवेशन हुँदैछ । देशमा जाडो वढ्दै गएपनि नेपाली कांग्रेश भित्रको राजनीति भने तात्दैछ ।
महाधिवेशन भनेको नीति निर्माण र विगतका कामहरुको समीक्षाको जमघट भएपनि कांग्रेशको परम्पराले महाधिवेशन भनेको नेतृत्व चयन कै लागि हुने गरेको छ ।
तसर्थ महाधिवेशन जति जति नजीक हुँदै गइरहेको छ, त्यति नै अब कांग्रेशको सभापति को होलान् भन्ने विश्लेषण मै केन्द्रित हुन थालेको छ ।
बहुसंख्यक पर्यवेक्षकहरु भने यसपाली  नेपाली कांग्रेशको नेतृत्व कोइराला परिवारको हातवाट गुम्ने   सम्भावना वढेको वताउँछन् ।
पहिलो कारण शुशील कोइराला स्वयम्ले नै गत महाधिवेशनमा आफु अन्तिम पटक सभापतिमा उठ्न लागेको भन्दै सहानुभूतिको मत मागेका थिए र त्यसै अनुसार उनको स्वास्थ्य समेतलाई ध्यानमा राखेर शुशीललाई अन्तिम पटक भोट दिनेहरु पनि धेरै थिए भनिन्छ ।
तर अहिले उनको स्वास्थ्य पनि क्यान्सरवाट मुक्त भएको तथा उनकै वाचा अनुसार पनि अहिले उठ्न नैतिक रुपमा नमिल्ने भएकोले यस वाचालाई नाघेर उम्मेदवार पुनः भएमा त्यो सहानुभूतिको मत पक्कै पनि पाउने छैनन् ।
दोश्रो, शुशील कोइराला उठेमा यसपल्ट रामचन्द्र पौडेलले आफु नउठी शुशीललाई समर्थन गर्ने सम्भावना धेरै घटेको छ । वारम्वार शुशीलले धोका दिएको भन्ने पौडेललाई परेको छ र भरखरै मात्र पनि प्रधानमन्त्रीको उम्मेदवार शुशील नै भएर पौडेललाई धोका दिएकोले पनि पौडेलले यसपाली शुशीललाई नै सघाउने सम्भावना घटेको छ ।
पौडेलको लागि शुशील र देउवाले दिन सक्ने सम्झौताको पद भनेको आगामी प्रधानमन्त्रीको उधारो पद हो । तसर्थ सके संस्थापनवाट पौडेल आफै उठ्ने प्रयास गर्नेछन् र नभए उधारो प्रधानमन्त्रीको पद संग सम्झौता गरेर देउवा संग मिलेर शुशीललाई हराउने सम्भावना वढेको छ ।
तेश्रो, कोइराला परिवारका अरु सर्वसम्मत उम्मेदवार नभएकोले पनि यसपाली कोइराला परिवारको हातवाट कांग्रेशको नेतृत्व गुम्ने भएको छ । सुजाता, शशांक, शेखर आदिले एक अर्कालाई नगन्ने हुनाले शुशील नउठे कोइराला परिवारमा सर्वसम्मत उम्मेदवार नहुने पक्का छ ।
चौथो, शुशील उठेमा अरु संस्थापनका नेताहरुलाई पद वाँडफाँड गर्न धेरै समस्या आउनेछ, जसलाई उसले यथास्थितिमा मिलाउन सक्ने छैनन् । कृष्ण सिटौला, प्रकाशमान, रामशरण सुजाताहरु उपसभापति पद ताकेर वसेका छन् । अरु धेरै नेताहरु महामन्त्री ताकेर वसेका छन् । तर सबैलाई पद पुग्दैन ।
सबैलाई पद पुर्‍याउन पदको संख्या नै वढाउने प्रयासमा शुशील छन् । तर यसलाई देउवा पक्षले रोक्न सक्यो भने शुशीलको हार निश्चित छ । पद नपाएकाहरुले देउवा पक्षमा लाग्ने र शुशीललाई हराउने हुन्छ । यो कांग्रेशको संस्कृति नै हो ।
पाँचौं, यसपाली देउवाको लागि पनि सभापति बन्ने अन्तिम अवसर हो । उसले आफ्नो भयभरको तागत, श्रोत र साधन प्रयोग गर्नेछ र सबैखाले दाउपेच अपनाउने छ ।
छैठौं, देउवाको पक्षमा एमाले र एमाओवादीले साथ दिने स्थिति आउन सक्दछ । शुशील संग ओली प्रचण्डहरु रिसाएका छन्, प्रधानमन्त्री चुनावका कारणले ।
सातौं, शुशील प्रधानमन्त्री भएको वेला पनि भारत तीर्थयात्रा गर्न सकेनन्, अर्थात भारतीय आशिर्वाद पाउन सकेनन् ।
आठौं, शुशीलले प्रधानमन्त्री छँदा धेरै कांग्रेशीहरुलाई चिढ्याएका छन् । धेरै कांग्रेशीहरुका जायज कामहरु पनि उनले गरिदिएनन् भनिन्छ । शुशीलले आफ्नै किचेन क्याविनेटका थोरै मान्छेहरुका मात्र काम गरि दिए भनिन्छ ।
यी कारणहरुले गर्दा यसपाली शुशील कोइराला हार्ने सम्भावना वढेको पर्यवेक्षकहरु वताउन थालेका छन् ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses