वीरगंज नाकाको सुख्खा वन्दरगाह खुल्यो
बिहीबार, २४ मंसिरवीरगंज । नेपाल भारत विचको सवभन्दा धेरै व्यापार हुने वीरगंज स्थित सुख्खा वन्दरगाह खुलेको छ ।
मधेशी मोर्चाका नेताहरुलाई भारतले वार्ता गरेर समस्या हल गर्न भनेर नेपाल फर्काएपछि हिजोवाट नै सुख्खा वन्दरगाहको काम शुरु भएको हाम्रा वीरगंज सम्वादवाताले वताएका छन् ।
वीरगंजको सुख्खा वन्दरगाह खुले पनि वीरगंज स्थित पुरानो नाका भने अझै नखुलेको वताइन्छ , जुन नाकावाट स्थानीय जनताको आवतजावत धेरै हुने गर्दछ ।
तर नेपाल भारत वीच व्यापार हुने मुख्य सुख्खा वन्दरगाह खुलेको हुनाले अब इन्धन लगाएतका सबै सामानहरु ल्याउने क्रम सहज बन्ने भएको छ ।
यसरी नाका खुलाएकोमा भने मधेशी मोर्चाका नेताहरु खुशी छैनन् ।
nepalsandesh
0 comments
Write Down Your Responses